Sunday, June 28News That Matters

आगलागीबाट ६ घर जलेर नष्ट

पूर्णपुष्टि,चैत २

दाङको देउखुरीमा आगलागी हुँदा ६ वटा घर पूर्णरुपमा जलेर नष्ट भएका छन् । लमही नगरपालिका–६ मा विद्युतको तार सर्ट भएर सुरु भएको आगलागीबाट ६ वटा खरको घर जलेर नष्ट भएको हो ।

आगलागीबाट घरमा रहेको टीभी, दराज फर्निचरका सामाग्री, भकारीमा रहेको अन्नपात, लुगाकपडा सबै जलेर नष्ट भएको छ । लमही नगरपालिका र गढवा गाउँपालिकाको दमकल र वडा प्रहरी कार्यालय लमही, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।

आगलागीबाट ढिकपुरका बलिराम चौधरी, सर्जु चौधरी, बसन्त चौधरी, प्रेम चौधरी, कान्छु चौधरी, रेमशबहादुर बुढाको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

आगलागीबाट कति क्षति भयो भन्नेबारे खुल्न नसकेको प्रहरीले जनाएको छ ।