
ताप्लेजुङ, भदौ १७ गते ।
ताप्लेजुङको फुङ्लिङमा आगलागीबाट करिब आठ लाख बराबरको क्षती भएको छ । फुङलिङ नगरपालिका–९ बुङकुलुङ निबासी मनोज गुरुङको घर जलेर नष्ट हुदा उक्त क्षती भएको हो ।
विहान करिब ११ बजे ढुङ्गा माटोले बनेको टिनको छाना भएको एक तले भान्सा घरमा अचानक आगलागी हुदा उक्त रकम बराबरको क्षती भएको प्रहरीले जनाएको छ ।
विमानस्थल सुरक्षा गार्ड सुकेटारबाट खेटेका प्रहरी टोली र स्थानियबासीको सहयोगमा आधा घण्टापछि आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
