
पूर्णपुष्टि, भदौ ९
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुन लागेको चुनावमा धाँधली हुने बताएका छन् । रिपब्लिकन दलको राष्ट्रिय भेलामा उनले विपक्षी डेमोक्र्याटहरु चुनाव धाँधली गर्न लागिपरेको दाबी गरेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएको छ ।
रिपब्लिकन दलले दोस्रो कार्यकालका लागि राष्ट्रपतिको उम्मेदवार बन्न स्वीकृति दिए लगत्तै ट्रम्पले यस्तो आरोप लगाएको हो । उनले इमेलबाट गरिने मतदानलाई डेमोक्र्याटहरुले दुरुपयोग गरेर चुनावमा धाँधली गर्न लागेको आरोप लगाएको छ ।
त्यसको कुनै प्रमाण नदेखाएको र उल्लेख नगरेको संचारमाध्यमहरुले जनाएको छ । यस अघि धेरै राष्ट्रपतिको दोश्रो जित सहज देखिए पनि ट्रम्पलाई निकै मुस्किल देखिएको जनाईएको छ । अमेरिकामा भइरहेका मत सर्वेक्षणमा ट्रम्प बाइडनभन्दा पछि देखिएको छ ।
डोमोक्र्याटका जो बाइडन यसपटक मत सर्वेक्षणमा अघि देखिएको छ । पछिल्लो समयमा ट्रम्पका विभिन्न कदमले जनमत घट्दै गएको जनाईएको छ ।
