Sunday, August 9News That Matters

आग्लागीबाट २५ लाख भन्दा बढीको क्षति

पूर्णपुष्टि,चैत २५

मोरङ र तेह्रथुममा भएको आग्लागीबाट २५ लाख भन्दा बढीको क्षेती भएको छ ।

मङगलबार बिहान १० बजे मोरङ पथरी शनिश्चरे–१० त्रिबेणी चोक बस्ने भिम बहादुर राईको काठको दुई तले घरमा बिजुली तार सर्ट भई आगोलागी भएको थियो । आग्लागीमा अन्दाजी १५ लाख बराबरको धनमाल जली नष्ट भएको छ । उक्त आगो दम्कल, प्रहरी र स्थानियबासीको सहयोगमा दिउसो ११ बजे नियन्त्रणमा आएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

त्यसैगरी मंगलबार दिउसो २ बजे तेह्रथुम छथर–५ स्थित डोप्किले देउराली सामुदायिक बनमा लागेको आगो हावाहुरीले उडाई सोही स्थानका अग्नि नेपालीको घर र गाईगोठमा आग्लागी भएको थियो । आग्लागीमा  अन्दाजी १० लाख २० हजार बारबरको धनमाल जली नष्ट भएको छ । उक्त आगो प्रहरी र स्थानियबासीको सहयोगमा बेलुका ४ बजे नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

सो आग्लागीबाट मानविय तथा चौपाय क्षति नभएको प्रहरीले जनाएको छ ।