Monday, April 20News That Matters

आज एकै दिन ४५ जना कोरोना संक्रमण बाट डिस्चार्ज, निको हुनेको संख्या नेपालमा २६६

पूणर्पुष्टि, जेष्ठ, २०

नेपालमा आज कोरोना संक्रमणबाट ४५ जना निको भएका छन् । उनिहरु निको भएर घर फर्कि सकेका छन् । आजको ४५ जना सहित नेपालमा कोरोनाबा मुक्त हुनेको संख्या २६६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल सम्म प्रदेश १ बाट ४८, प्रदेश २ बाट १०४, बागमतीबाट ३०, गण्डकीबाट ३, प्रदेश ५ बाट ७४ र सुदूरपश्चिमबाट ७ जना निको भई घर फर्किएका छन्

अहिलेसम्म कोरोना निको भएर डिस्चार्ज हुनेमा २ सय १२ जना पुरुष र ५४ जना महिला रहेका छन् ।