
पूर्णपुष्टि, कात्तिक २८
आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ ।
पार्टीभित्रको विवाद समाधान गर्न लगातार भइरहेका छलफलबाट सहमति नजिक पुगेकाले आज बैठक बस्न लागेको नेपाली कांग्रेसले जनाएको छ ।
छलफल गरी सहमति भएका विषयलाई दिउँसो बस्ने केन्द्रीय समितिको बैठकमा लगेर पारित गर्ने तयारी भैरहेको जनाईएको छ ।
कार्यसमिति बैठक दिउँसो एक बजे बस्नेछ । कांग्रेसमा क्रियाशील सदस्यता वितरण लगायतको विवाद छ ।
