Saturday, May 16News That Matters

आज कुन जिल्लामा कति कोरोना संक्रमित थपियो

पूर्णपुष्टि, असार १०

आज नेपालमा ६ सय २९ जना कोरोना संक्रमित थपिएपछि संक्रमितको संख्या १० हजार ७ सय २८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा भएका परीक्षणमा कैलालीका एक सय ५१ र कञ्चनपुरका ८६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यस्तै डोटीका ४८, रौतहटका ४४, दाङका ७६, धनुषाका २०, महोत्तरीका १२, सर्लाहीका २१, अछामका २३, पाल्पाका १५ र सुर्खेतका १४ जनामा कोरोना देखिएको छ ।

झापाका ११, प्युठानका १०, बाँकेका नौ, कास्की र बाग्लुङका नौरनौ, बाजुराका आठ, स्याङ्जाका सात, नवलपरासी पूर्व र गुल्मीका पाँचरपाँच, तथा लमजुङ र दैलेखका ४/४ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै  सप्तरीका ६, बैतडीका चार, पर्वत र गोरखाका तीनरतीन तथा धादिङका दुई जनामा सङ्क्रमण देखिएको छ । मोरङ, सुनसरी, काठमाण्डौ, चितवन, तनहुँ, भक्तपुर, कपिलवस्तु, रुपन्देही, बर्दिया, जाजरकोट र कालीकोटका १/१ जनामा पनि कोरोना देखिएको स्वास्थ्य मन्त्रलायले जनाएको छ ।