
पूर्णपुष्टि, फागुन २२
आज देशको केहि पहाडी क्षेत्रमा हल्का पानी पर्ने सम्भावना रहेको छ । प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक÷दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यी तीन वटा प्रदेशको हिमाली क्षेत्रका केहि ठाउँमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली रही बाँकी भू–भागको मौसम सफा रहने जनाएको छ ।
अहिले केही पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बद्ली रहेको छ भने बाँकी ठाउँको मौसम सफा रहेको जनाएको छ ।
