Friday, July 3News That Matters

आज कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु

पूर्णपुष्टि, भदौ ५

नेपालमा आज थप ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय ३७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप आठ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या ३० हजार चार सय ८३ पुगेको छ ।

गत २४ घण्टामा थप दुई सय ५० जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । योसँगै कोरोना संक्रमित मध्ये उपचारपछि निको हुनेको संख्या १८ हजार दुई सय १४ पुगेको मन्त्रालयले जनाएको छ ।