
पूर्णपुष्टि, जेठ ३२ गते ।
आज नेपालमा थप ४ सय २५ जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या ५ हजार सात सय ६० पुगेको छ ।
जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा भएको परीक्षणमा मोरङका २५ तथा झापा र सुनसरीका १÷१ जनामा गरी २७ जनामा पुष्टि भएको छ ।
कोशी अस्पतालमा भएको परीक्षणमा १० जना, नारायणी अस्पताल वीरगञ्जमा पर्साका १७, बाराका ९ जना, सर्लाहीका १ जना र रौतहटका ७ जना, पोखरामा भएको परीक्षणमा नवलपरासी पूर्वका २ जनामा कोरोना पुष्टि भएको छ ।
सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा बझाङका ५ जना, डडेल्धुराका २५, डोटीका ३, कैलालीका १२ र कञ्चनपुरका २० जनामा कोरोना पुष्टि भएको छ । भेरी अस्पताल बाँकेमा भएको परीक्षणमा बर्दियाका ३ जना, बाँकेका ३ जना र रुकुम पश्चिमका १ गरी ७ जनामा पुष्टि भएको छ ।
दाङमा भएको परीक्षणमा प्युठानका २ र दाङका ५४ जनामा पुष्टि भएको छ । जनकपुरमा भएको परीक्षणमा रौतहटका १७ र धनुषाका १ जनामा र धुलिखेलमा भएको परीक्षणमा रामेछापका २ जनामा पुष्टि भएको छ । रुपन्देहीमा भएको परीक्षणमा गुल्मीका ८ जना, नवलपरासी पश्चिमका २ जना, रुपन्देहीका २० र पाल्पाका १७ जनामा पुष्टि भएको छ ।
सुर्खेतमा भएको परीक्षणमा सुर्खेतका ४० जना र दैलेखका २९ जनामा, हेटौँडामा भएको परीक्षणमा रौतहट र सिन्धुलीका १÷१ जनामा संक्रमण पुष्टि भएको छ ।
शुक्रराज ट्रपिकल अस्पताल काठमाण्डौमा भएको परीक्षणमा धादिङका २५ जनामा कोरोना भेटिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा रौतहटका ५१ जना, रुपन्देहीका ६ र सर्लाहीका ५ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या संख्या १९ पुगेको छ । गत राती गुल्मीका कोरोना संक्रमित थप एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
रेसुङ्गा नगरपालिकाको आइसोलेशनमा उपचार गराइरहेका धुर्कोट गाउँपालिकाका ३६ वर्षीय पुरुषको गएराति मृत्यु भएको हो ।
