
पूर्णपुष्टि, असार १८
नेपालमा आज थप ४ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १४ हजार ५ सय १९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १ सय९ जना महिला र ३ सय ६४ जना पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
आज थप ६ सय ६४ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । योसँगै निको हुनेको संख्या ५ हजार ३ सय २० जना निको भईसकेका छन् ।
आज थप १ जना कोरोना संक्रमणबाट मृत्यु भएपछि नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ ।
