
पूर्णपुष्टि, भदौ ७
नेपालमा आज थप आठ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ३१ हजार नौ सय ३५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप दुई सय ८१ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको सख्या १८ हजार ६ सय ३१ पुगेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै गत २४ घण्टामा थप तीन जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय ४९ पुगेको मन्त्रालयले जनाएको छ ।
