Wednesday, July 1News That Matters

आज देशका केही ठाउँमा पानी पर्ने सम्भावना

पूर्णपुष्टि, असोज २१

आज देशका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बंगालको खाडी नजिकै बनेको न्यून चापीय क्षेत्रको प्रभावले प्रदेश १ को केही ठाउँमा अहिले पानी परिरहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अरु ठाउँको मौसम खुल्दै गएको छ । आज दिउँसो प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक दुई ठाउँमा पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै अरु प्रदेशको मौसम पनि घाम लाग्दै बादल लाग्नेछ । त्यसैगरी राति प्रदेश १ का केही ठाउँमा हल्का पानी पर्ने र अरु प्रदेशको मौसम आंशिकदेखि सामान्य बदली हुने महाशाखाले पूर्वानुमान गरेको छ ।