Friday, May 22News That Matters

आज देशको केहि ठाउँमा पानी पर्ने सम्भावना

पूर्णपुष्टि, भदौ ९

आज देशको केहि ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ । अहिले देशका धेरै ठाउँमा मौसम आंशिकदेखि सामान्य बदली भएको छ । केही ठाउँमा हल्का पानी पनि परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसोपछि कतै–कतै मेघगर्जनसहित पानी पर्न सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशका एक÷दुई ठाउँमा ठूलो पानी पनि पर्ने संभावना रहेको जनाईएको छ ।

त्यस्तै राति देशभरिकै मौसम सामान्यतया बदली भई प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक दुई  ठाउँमा ठूलो पानी परे पनि अरु ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।