Friday, May 22News That Matters

आज देशको केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

पूर्णपुष्टि, भदौ २६

आज देशको केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ ।  प्रदेश १, प्रदेश २, वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले न्यूनचापीय  रेखा औसतभन्दा माथि र नेपालभन्दा दक्षिणतर्फ तथा पश्चिम बंगालमा न्यूनचापीय क्षेत्र रहेको छ ।

आगामी तीन दिनसम्म मौसममा सुधार नहुने महाशाखाले जनाएको छ । राति नवलपरासी, रूपन्देहीको  सूर्यपूरा, बुटवल र आसपास, कपिलवस्तु, पोखरा, बाग्लुङ, पर्वत,म्याग्दी आसपास ठूलो वर्षा भएको र पहिरोको सम्भावना रहेको बाढी शाखाले जनाएको छ ।

तिनाउ, कञ्चनखोला, वाणगंगालगायत रुपन्देही कपिलवस्तु भएर बहने साना नदीमा आकस्मिक बहाव हुनसक्ने भएकाले चनाखो रहन शाखाको सुझाव छ ।