
पूर्णपुष्टि, भदौ १
आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक १०.७५ अंकले बढेको छ । हिजो १७.३३ अंकले घटेको परिसूचक आज झण्डै ११ अंकले बढेर १४ सय २.२१ अंकमा पुगेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।
हिजो परिसूचक १७.३३ अंकले घटेको थियो । जलविद्युतबाहेक सबै समूहको उप–सूचक बढेका छन् । सबैभन्दा धेरै नीर्जीवन बीमा कम्पनी समूहको उपसूचक १ सय ६२.१३ अंकले बढेको छ । दिनभर १ सय ८४ कम्पनीका १ अर्ब रुपैयाँभन्दा धेरैका ३५ लाख ९१ हजार कित्ता शेयर किनबेच भएका छन् । कारोबार रकम हिजोको तुलनामा कम हो ।
हिजो १ अर्ब २५ करोड रुपैयाँ बराबरका सेयर कारोबार भएको थियो । सबैभन्दा धेरै नेपाल बैंक लिमिटेडको ७ करोड ८० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । आज साधना लघुवित्त वित्तिय संस्था लिमिटेडका शेयर लगानीकर्ताले झण्डै १० प्रतिशत कमाएका छन् । चाँदनी हाइड्रोपावर लिमिटेडका शेयर लगानीकर्ताले भने साढे ४ प्रतिशत गुमाएका छन् ।
