Thursday, July 2News That Matters

आज महाशिवरात्री देशैभरका मन्दिरमा भक्तजनहरुको घुइचो

पूर्णपुष्टि, फागुन २७ 

आज महाशिवरात्री देशैभरका मन्दिर तथा शिवालयमा देवादीदेव महादेवको पूजा आराधना गर्न बिहानैदेखि श्रदालु भक्तजनहरुको घुइचो लागेको छ । ।  भक्तजनहरु आफ्नो स्थानमा भएको नजिकैको पवित्र तीर्थस्थल मन्दिरमा लाम लागेर दर्शन गरिरहेका छन् भने धेरैले दर्शन गरिसकेका छन् ।

प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी देशभर मनाइन्छ ।  मन्दिर परिसरमा बिहानैदेखि दर्शनार्थीहरुको घुइँचो देखिन्छ उनीहरु भगवानको दर्शनका साथै भजन, किर्तन र नाँचगानमा रमाइरहेका देखिन्छन् ।

फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दिनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ ।