
पूर्णपुष्टि, बैशाख १३ गते ।
आज देशका विभिन्न ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी र स्थानीय वायुको प्रभावसँगै बंगालको खाडीबाट जलवाष्पयुक्त हावा नेपाल आइरहेकाले मेघगर्जन र हुरीबताससहित पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको हो ।
अहिले मध्य र पूर्वका केही ठाउँमा पानी परिरहेको र पहाडी क्षेत्रको मौसम बदली भई अरु ठाउँको मौसम खुल्दै बादल लागिरहेको अवस्था रहेको महाशाखाले जनाएको छ ।
राती पनि केहि ठाउँमा पानी पर्ने सम्भावना छ । यसैगरी आइतबार र सोमबार पनि देशका केही ठाउँमा मेघगर्जन, हुरीबतास र असिनासहित पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएकोे छ ।
