
पूर्णपुष्टि,वैशाख १९ । सरकारले आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस ‘आईसीटी डे’ मनाउँदै छ । ‘सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि’ भन्ने मूल नाराका साथ सरकारले छैटौँ दिवस अर्थात् ‘आईसीटी डे’ आज ९मंगलबार० विभिन्न कार्यक्रम गरेर मनाउने भएको हो।
सूचना विश्वसनीय र भरपर्दो खालको हुनुपर्ने भन्ने सोचका साथ यो दिवसको नारा तय गरिएको समेत उनले बताए। दिवस मनाउन मन्त्रालयका सचिव कृष्णबहादुर राउतको संयोजकत्वमा गठित मूल समारोह समितिको यही वैशाख १० गते बसेको बैठकले यस वर्ष मूल नारा पारित गर्दै मनाउने निर्णय गरेको थियो।
दूरसञ्चार सेवा प्रदायकमार्फत तीन दिनसम्म वैशाख १७, १८ र १९ गते ‘रिङब्याक’ टोनका रूपमा ‘आइसिटी डे २०२३ भव्य रूपमा मनाऔँ’ भन्ने सन्देशका साथै वैशाख १९ गते बिहान मोबाइल प्रयोगकर्तालाई एसएमएसमार्फत पठाउने व्यवस्था मिलाउन नेपाल दूरसञ्चार प्राधिकरणलाई अनुरोध गरेको थियो।
नेपालमा २०२८ सालमा कम्प्युटर भित्रिएको थियो। नेपालमा कम्प्युटर एसोसिएसन नेपाल (क्यान) को सन् १९९२ मा स्थापना भयो। क्यान स्थापना भएको दिनलाई सूचना प्रविधि दिवसका रूपमा मनाइन्छ।
