Friday, May 8News That Matters

आज विदेशी मुद्राको भाउ घट्यो

कात्तिक १७ गते । 

आज सवै विदेशी मुद्राहरुको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले आईतबार १ अमेरिकी डलरको खरिददर १ सय १३ रुपैयाँ र बिक्रीदर १ सय १३ रुपैयाँ ६० पैसा तोकेको छ । त्यस्तै १ साउदी रियालको खरिददर ३० रुपैयाँ १३ पैसा र बिक्रीदर ३० रुपैयाँ २९ पैसा रहेको छ ।

कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३१ रुपैयाँ २० पैसा रहेको छ भने ओमानी रियाल १ को खरिददर २ सय ९४ रुपैयाँ २८ पैसा रहेको छ । त्यस्तै यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ७७ पैसा र बिक्रीदर ३० रुपैयाँ ९३ पैसा छ ।

रिंगिट १ को खरिददर २७ रुपैयाँ १३ पैसा बिक्रीदर २७ रुपैयाँ २७ पैसा तोकेको छ भने वन १ सयको खरिददर ९ रुपैयाँ ६९ पैसा र बिक्रीदर ९ रुपैयाँ ७४ पैसा रहेको छ । त्यस्तै कुवेती दिनार १ को खरिददर ३ सय ७२ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३ सय ७४ रुपैयाँ ६५ पैसा रहेको छ ।

बहराइन दिनार १ को खरिददर २ सय ९९ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३ सय १ रुपैयाँ ३४ पैसा रहेको छ ।