Friday, May 1News That Matters

आज विदेशी मुद्राको भाउ बढ्यो

मंसिर ३ गते । 

आज सवै विदेशी मुद्राको भाउ बढेको छ । मंगलबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर १ सय १४ रुपैयाँ ६६ पैसा र बिक्रीदर १ सय १५ रुपैयाँ २६ पैसा तोकेको छ भने हिजो खरिददर १ सय १४ रुपैयाँ ५६ पैसा र बिक्रीदर १ सय १५ रुपैयाँ १६ पैसा थियो ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५७ पैसा र बिक्रीदर ३० रुपैयाँ ७३ पैसा रहेको छ भने हिजो खरिददर ३० रुपैयाँ ५५ पैसा र बिक्रीदर ३० रुपैयाँ ७१ पैसा रहेको थियो । त्यस्तै कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६६ पैसा रहेको छ भने हिजो खरिददर ३१ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६३ पैसा रहेको थियो ।

ओमानी रियाल १ को खरिददर २९८ रुपैयाँ १३ पैसा रहेको छ भने हिजो खरिददर २९७ रुपैयाँ ९६ पैसा रहेको थियो । त्यस्तै यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ २१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३८ पैसा छ भने हिजो पनि खरिददर ३१ रुपैयाँ १९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३५ पैसा रहेको थियो ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ५९ पैसा र बिक्रीदर २७ रुपैयाँ ७४ पैसा तोकेको छ भने हिजो खरिददर २७ रुपैयाँ ५८ पैसा र बिक्रीदर २७ रुपैयाँ ७३ पैसा थियो । त्यस्तै वन १ सयको खरिददर ९ रुपैयाँ ८४ पैसा र बिक्रीदर ९ रुपैयाँ ८९ पैसा पुगेको छ भने हिजो ९ रुपैयाँ ८२ पैसा र बिक्रीदर ९ रुपैयाँ ८८ पैसा रहेको थियो ।

कुवेती दिनार १ को खरिददर ३ सय ७७ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३ सय ७९ रुपैयाँ ५७ पैसा रहेको छ । हिजो खरिददर ३ सय ७७ रुपैयाँ २० पैसा र बिक्रीदर ३ सय ७९ रुपैयाँ १८ पैसा रहेको थियो ।  त्यस्तै बहराइन दिनार १ को खरिददर ३ सय ४ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३ सय ५ रुपैयाँ ६८ पैसा तोकेको छ । हिजो खरिददर ३ सय ३ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३ सय ५ रुपैयाँ ४५ पैसा रहेको थियो ।