Sunday, June 28News That Matters

आज शेयर बजारमा ६ प्रतिशतको उछाल

पूर्णपुष्टि,  असार १७

शेयर बजार आज परिसूचक नेप्सेमा उछाल आएको छ । हिजो जस्तै आज पनि तीन पटक सकारात्मक सर्किट ब्रेक लागेको नेप्से ७५.७७ अङ्क (६.१) प्रतिशतले बढेर १३ सय ३६.५२ बिन्दुमा पुगेको छ ।

बजार खुलेको १३ मिनेटमा चार प्रतिशतले बढेपछि पहिलो पटक कारोबार बन्द भएको थियो । ४० मिनेटपछि खुलेको बजार फेरि ५ प्रतिशतले बढेको थियो । ४० मिनेटपछि फेरि खुलेको शेयर बजार ६ प्रतिशतले बढेपछि आजको लागि कारोबार बन्द भएको छ ।

आज ४० करोड ७३ लाख रुपैयाँका ११ लाख १ हजार कित्ता शेयर किनबेच भएका छन् । आज होटल समूहबाहेक अरु सबैजसो समूहको शेयर उकालो लागेको छ ।

आज सिटिजन बैंकका लगानीकर्ताले १० प्रतिशतभन्दा धेरै कमाएका छन् भने २७ वटा कम्पनीको शेयर ९ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ । तर नेशनल माइक्रोफाइन्स वित्तीय संस्थाका शयेरधनीले झण्डै चार प्रतिशत गुमाएका छन् ।