Sunday, May 17News That Matters

आज सुन तोलाको ८७ हाजर नाघ्यो

पूर्णपुष्टि, जेठ २५ गते । 

आज सुनको मूल्य तोलामा १० हजार ४ सय रुपैयाँले बढेर तोलाको ८७ हजार ४ सय पुगेको छ ।

चैत १० गतेदेखि नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनचाँदीको मूल्य सार्वजनिक गर्न बन्द गरेको थियो । तर आइतबार सार्वजनिक भएको मूल्यअनुसार तोलामा १० हजार ४ सय रुपैयाँले बढेर सुन प्रतितोला ८७ हजार ४ सय पुगेको छ । चैत १० गते सुनको मूल्य प्रतितोला ७७ हजार रुपैयाँ रहेको थियो ।

यस्तै चाँदीको मूल्य पनि ९ सय २५ रुपैयाँ प्रतितोला तोकिएको छ । चाँदी पनि २ सय ५ रुपैयाँ प्रतितोला बढेको जनाएको छ ।