
पूर्णपुष्टि,फागुन २५
आज सुनको भाउमा गिरावट आएको छ । आज सुन प्रतितोला ६ सय रुपैयाँले घटेर ८५ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यावसायी महासंघले जनाएको छ । हिजो सुन बजारमा प्रतितोला ८६ हजार २ सय रुपैयाँमा किनबेच भएको थियो ।
आज चाँदीको भाउमा पनि सामान्य गिरावट आएको छ । आज चाँदीको भाउ १० रुपैयाँले घटेर १ हजार २ सय ५५ कायम भएको छ । हिजो चाँदी तोलामा १ हजार २ सय ६५ रुपैयाँमा किनबेच भएको महासंघले जनाएको छ ।

