
पूर्णपुष्टि, भदौ ८
आज सुनको भाउ तोलमा पाँच सय रुपैयाँले घटेको छ । सुन घटेर तोलाको ९८ हजार ४ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । हिजो प्रतितोला १३ सय ४५ रुपैयाँ रहेको चाँदीको मूल्य आज तोलामा २५ रुपैयाँ घटेर १३ सय २० रुपैयाँ तोकिएको जनाईएको छ ।
