Friday, May 22News That Matters

आज सुनको भाउ घट्यो

पूर्णपुष्टि, असार ९

आज सुनको भाउ तोलामा ४ सय रुपैयाँ घटेको छ । हिजो अहिलेसम्मै महंगो भएको सुनको भाउ मंगलबार घटेको हो ।

सुन मंगलबार तोलाको ९० हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुनको भाउ तोलामा ९१ हजार रुपैयाँ पुगेको थियो ।

आज चाँदी तोलाको १० रुपैयाँ घटेर ९ सय ४० रुपैयाँ कायम भएको छ । चाँदी हिजो तोलाको ९ सय ५० रुपयाँ थियो ।