Friday, May 22News That Matters

आज ५८१ जनामा कोरोना सङ्क्रमण पुष्टि

पूर्णपुष्टि, भदौ १

नेपालमा आज थप पाँच सय ८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २७ हजार दुई सय ४१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

उक्त संक्रमित मध्ये पछिल्लो २४ घण्टामा थप एक सय ६० जना उपचारपछि निको भएर डिस्चार्ज भएको छ । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार चार सय ९७ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना सङ्क्रमणबाट तीन जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्युु हुनेको सङ्ख्या एक सय सात पुगेको छ ।