Friday, June 12News That Matters

आजदेखि प्रि–मनसुन सुरु

पूर्णपुष्टि, फागुन १७

आजदेखि सिजनको हिसाबले प्रि–मनसुन सुरु भएको छ । जाडोयामको सिजन सकिएलगत्तै प्रि–मनसुन सुरु भएको हो ।

मार्च १ तारिखदेखि तीन महिनासम्मको समयलाई प्रि–मनसुन मानिन्छ  । मार्च, अप्रिल र मे महिना प्रि–मनसुनको सिजन हो । यसपछि मनसुन सुरु हुन्छ ।

प्रि–मनसुनको समयमा दिउँसो र बेलुकाको समयमा धेरै हावाहुरी चल्ने हुन्छ । प्रि–मनसुन सुरु भएको एक÷दुई दिनमा नै यसका गतिविधि सुरु नभए पनि बिस्तारै गतिविधि देखिने पूर्वानुमान महाशाखाले जनाएको छ ।

विशेषगरी यो सिजनमा आगलागीका घटना धेरै हुने गर्छन्  । यस्तै, यो  सिजनमा मेघगर्जनसहित चट्याङ्ग पर्ने हुँदा मानवीय क्षति हुने जोखिम पनि उतिकै रहन्छ । प्रि–मनसुनमा हावाहुरीसहित असिना पानी पर्ने पनि हुन्छ ।

सिजनका हिसाबले यसपालिको जाडोयाम सकिएको छ । डिसेम्बर, जनवरी र फेब्रुअरी तीन महिनालाई जाडोयाम मानिन्छ । यसपालिको जाडोयाममा पानी निकै कम परेको छ ।