
पूणर्पुष्टि, जेष्ठ, २८
बिदेशमा अलपत्र परेका नेपालीहरुलाई ल्याउन नेपाल सरकारले ८ ओटा जहाज परिचालन गर्ने भएको छ । सरकारले नेपाल वायु सेवा र हिमालय एयरलाइन्सको ८ ओटा जहाज नेपाली फर्काउन पठाउने भएको संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रि योगेश भट्राइले जानकारी दिनुभयो ।
नेपाल वायुसेवा निगमसँग २ सय ७४ सिट क्षमताका दुई वटा वाइडबडी र १ सय ५८ सिट क्षमताका दुई वटा न्यारोबडी विमान छन् भने, हिमालय एयरलायन्ससँग १ सय २८ सिट क्षमताको एउटा एयरबस-३१९ र १ सय ५८ सिट क्षमताका तीन वटा एयरबस-३२० गरी चार वटा न्यारोबडी जहाज छन् ।
नेपाल वायुसेवा निगमले काठमाडौंबाट २६ वटा गन्तव्यमा उडान गर्न सकिने जनाउँदै पर्यटन सचिव केदारबहादुर अधिकारीसमक्ष भाडासहितको सूची बुझाइसकेको छ ।
नेपाली विमानबाट ल्याउने यात्रुहरुले कति भाडा तिर्ने विषयमा बुधबार नै पर्यटन मन्त्रालयल, नागरिक उड्डयन प्राधिकरण, निगम र हिमालय एयरलायन्सका पदाधिकारीबीच छलफलबाट निणर्य हुने मन्त्री भट्टराइले बताउनुभयो ।
