
पूर्णपुष्टि, बैशाख १ गते ।
अफगानिस्तान सरकारले तीन सय ६१ ज तालिवान बन्दिहरुलाई रिहा गरेको छ । पछिल्लो पटक एक ६१ जना तालिवान बन्दीहरुलाई कैदमुक्त गरेको अफगान सरकारले जनाएको हो ।
राष्ट्रपतिको आदेशमा मुक्त गरिएका सबै कैदीहरु बाघ्राम कारागारका रहेको राष्ट्रिय सुरक्षा परिषदका प्रवक्ता जाविद फैजलले जानकारी गराएको छ । राष्ट्रपतिकै आदेशमा अरु कैदीबन्दी पनि रिहाई हुने क्रममा रहेको जनाईएको छ ।
देशको शान्ति प्रक्रियालाई थप विश्वसनीय बनाउने प्रयत्न स्वरुप सरकारका तर्फबाट गरिएको एक कार्य रहेको जनाईएको छ । यसअघि अप्रिल ८ मा एक सय जना तथा गत बिहीबार थप एक सय जना तालिवानी कैदीबन्दीलाई मुक्त गरिएको थियो ।
सरकारले आउँदो दुई साताभित्रै एक हजार पाँच सय तालिवान लडाकूलाई जेलमुक्त गर्ने जनाएको छ । अमेरिका र तालिवानबीच भएको सम्झौतामा पाँच हजार तालिवान लडाकू र तालिवानको कब्जामा रहेका १ हजार अफगान सरकारी फौजलाई मुक्त गर्ने सहमति भएको छ ।
