
सुनसरी, बैशाख ०३ गते ।
सुनसरीको बर्जुकी धनमाया भट्टराईले आफ्नो शरिरमा आफैले आगा लगाउँदा घाईते भएकी छन् । बर्जु गाउँपालिका–५ लप्टोलियाकी ३२ बर्षीया भट्टराईले मंगलबार आफ्नै शरिरमा आगो लगाउँदा घाईते भएकी हुन् ।
सामान्य घरायशी बादबिबाद हुँदा आवेशमा आएर भट्टराईले राती साँढे ११ बजे आफ्नै शरिरमा मट्टितेल खन्याई आगो लगाएर घाईते भएको प्रहरीले जनाएको छ । घाईतेलाई उपचारको लागी कोशी अस्पताल बिराटनगर लगिएको छ भने घटनाको अन्य थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय सितागंजले जनाएको छ ।
