Tuesday, April 21News That Matters

आफ्नै शिशुको हत्या गर्ने आमा पक्राउ

पूर्णपुष्टि, चैत २१

कास्कीमा आफ्नै ४२ दिनको नवजात शिशुको हत्या गरेको अभियोगमा एक जना युवती पक्राउ परेको छ ।

बागलुङको ढोरपाटन नगरपालिका–३ घोसापानी घर भई कास्कीको अन्नपूर्ण गाउँपालिका–२ नौडाँडा बस्ने २२ वर्षीया गीता कुँवर सुनारलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । गीतमाथि कर्तव्य ज्यानसम्बन्धी कसूर अन्तर्गत थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।