Saturday, June 27News That Matters

आरडिटि पोजेटिप दुबै जनाको पिसिआर नेगेटिभ

पूर्णपुष्टि, जेठ २७ ।

जिल्ला अस्पताल उदयपुरमा आरडिटि प्रविधिबाट कोरोना परिक्षण गर्दा पोजेटिभ देखिएका दुईजनाको पिसिआर प्रविधिबाट परिक्षण गर्दा आज रिपोर्ट नेगेटिभ आएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जिल्ला अस्पतालमा परिक्षण गरिएका दुईजनाको आरडिटि पोजेटिभ पिसिआरमा नेगेटिभ आएको बताउनुभयो । प्रमुख सुवेदीका अनुसार कोरोनाको परिक्षणमा आरडिटिलाई अन्तिम मानिदैन, पिसिआर परिक्षणबाट मात्र कोरोना लागेको वा नलागेको पत्ता लाग्ने मानिन्छ । नेपालमा आरडिटि पोजेटिभ देखिएकालाई अनिवार्यरुपमा पिसिआर परिक्षण गर्ने गरिएको छ । पिसिआरमा पोजेटिभ आएमात्र कोरोना पुष्टि हुन्छ  ।

दुई आरडिटि पोजेटिभ मानिस पुरुष हुन् । एकजना जापानबाट लकडाउन अघि नै आएका थिए भने अर्का एकजना सवारी चालक हुन् । दुबै त्रियुगा नगरपालिकाभित्रका स्थानीय हुन् ।

उनीहरुसंगै केहीसमय अघि संक्रमित भएका एक सञ्चारकर्मीको कन्ट्याक ट्रेसिङका व्यक्तिहरु, केही अधिकारकर्मी, पत्रकार, नागरिक समाज, कर्मचारी र सर्बसाधारणको पनि रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

उता कटारी नगरपालिका १ का एक ब्यक्तिलाइ पनि काेराेना भाइरसकाे संका लागेर कटारी सामुदायिक अस्पतालकाे अाइसाेलेशनमा राखिएकाेमा उनकाे पिसिअार रिपाेर्ट पनि नेगेटिभ अाएकाे छ ।