
पूर्णपुष्टि, बैशाख ३१ गते ।
ललितपुरको पुल्चोकमा रहेको आरोग्य प्रतिष्ठान र निदान अस्पताल अस्थायी रुपमा शिल गरिएको छ । एउटै भवनमा संचालमा रहेको प्रतिष्ठान र अस्पताल अस्थायी रुपमा सिल गरिएको हो ।
आरोग्य प्रतिष्ठानमा कार्यरत एक नर्समा हिजो कोरोना भाईरसको संक्रमण पुष्टि भएपछि कन्ट्याक ट्रेसिङका लागि एकै भवनमा रहेका प्रतिष्ठान र निदान अस्पताल अस्थायी रुपमा सिल गरिएको प्रहरीले जनाएको छ ।
भक्तपुरमा बस्दै आएकी नर्स बिरामी भएपछि अस्पतालको एम्बुलेन्सले भक्तपुरदेखि टेकु अस्पताल र्पुयाएर आरोग्य प्रतिष्ठान फर्किएकाले अस्पतालमा रहेकाहरुको परीक्षण गर्न सिल गरिएको जनाईएको छ ।
एम्बुलेन्स चालक र सहयोगीको कोरोना परीक्षण गर्न स्वाब संकलन गरिसकिएको प्रहरीले जनाएको छ ।
