Wednesday, June 10News That Matters

आर्थिक बर्ष २०७८/०७९ को बजेट आज ४ बजे सार्वजानिक गरिँदै

पूर्णपुष्टि, जेष्ठ १५

सरकारले आज आर्थिक बर्ष २०७८/०७९ को बजेट ४ बजे सार्वजानिक गर्ने भएको छ । केपि शर्मा ओली नेतृत्वको सरकारले सनिशार बजेट ल्याउने भएको हो ।

बजेट अध्यादेश बाट मार्फत ल्याउन लागिएको छ । अध्यादेशमार्फत आउने यो बजेट संविधान निर्माणपछिको पहिलो अध्यादेश बजेट हुनेछ ।

संविधानतः वार्षिक बजेट जेठ १५ गते प्रतिनिधिसभा संसदबाट सार्वजनिक गर्ने नियम भएपनि अहिलेको अवस्थामा प्रतिनिधिसभा नै विघटन गरिएकाले सरकारले सिंहदरबारबाट बजेट सार्वजनिक गर्न लागेको हो ।

त्यसो त प्रतिनिधिसभाको अभावमा बजेटको नीति तथा कार्यक्रम समेत पास हुन नसकेको अवस्थामा अहिले सरकारले अध्यादेश मार्फत बजेट सार्वजनिक गर्ने गृहकार्यमा लागिरहेको छ ।