
असोज ५ गते ।
इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले भारी गोलका साथ जित हात पारेको छ । म्यानचेस्टर सिटीले वाटफोडलाई ८–० गेलले पछि पार्दै जित हात पारेको हो ।
सिटीको जितमा बेर्नान्डो सिल्भाले ह्याट्रिक गरेका थिए । प्रिमियर लिगमा आफ्नो इतिहासमा अहिलेसम्मकै ठूलो मार्जिनको जित निकालेको छ । पहिलो पटक सन् २०१३ मा नर्विचविरुद्ध ७–० को जित निकालेपछि सिटीले धेरै गोल अन्तरमा जित निकालेको थियो ।
घरेलु मैदानमा भएको खेलको पहिलो मिनेटमै सिटीका डेविड सिल्भाले गोल गरेका थिए । ६ औँ मिनेटमा पेनाल्टीबाट सर्जियो अगुइरो, १२ औं मिनेटमा महरेज, १५ औं मिनेटमा वाटफोर्ड, १८ औं मिनेटमा ओटामेन्डीले गोल गरेको थियो ।
त्यस्तै ४८ औं मिनेटमा बेर्नान्डो सिल्भा, ६० औं मिनेटमा सिल्भा, ८५ औं मिनेटमा केभिन डी ब्रुइनले गोल गर्दै टिमलाई ८ गोल दिलाएको थियो ।
प्रिमियर लिगमा अहिलेसम्मको ठूलो जित ९–० को रहेको छ । जुन म्यानचेस्टर युनाइटेडले इप्सविचविरुद्द निकोलेको थियो । यो जितले सिटीले शीर्ष स्थानको लिभरपुलसँगको अन्तर २ अंकमा झारेको छ । सिटीको ६ खेलमा १३ अंक भएको छ भने लिभरपुलको ५ खेलमा १५ अंक छ ।
