Saturday, June 20News That Matters

इटहरीमा ट्याङकरको ठक्करबाट मोटरसाइकल ध्वस्त, युवाको मृत्यु

पूर्णपुष्टि, भदौ ८

सुनसरीको इटहरी उपमहानगरपालिका–२० स्थित पानीपिया नजिकै सोमबार भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ । विराटनगर–१४ का वर्षीय सफल राजवंशीको सो दुर्घटनामा ज्यान गएको हो । कोशी राजमार्गअन्तर्गत रानीबाट इटहरीतर्फ आउँदै गरेको प्रदेश १–०२–०००१–६–८४४५ नम्बरको ट्याङ्करले नम्बर नखुलेको मोटरसाइकललाई ठक्कर दिएको थियो । ट्याङकरको ठक्करबाट सफल र अविनाश राजवंशी घाइते भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्र कुमार कार्कीले जानकारी दिनुभयो ।

घाइते भएको दुवैलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएकोमा उपचारकै क्रममा सफलको मृत्यु भएको अस्पतालले जनाएको छ । अविनाशको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । ठक्करबाट मोटरसाइकल पूर्ण रूपले जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल पूर्ण रूपले नष्ट भएका कारणले गाडीको नम्बर खुल्न नसकेको प्रहरीले जनाएको छ । ट्याङकर चालक इटहरी–४ का २८ वर्षीय थुलमान राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।