
पूर्णपुष्टि,फागुन २७
उदयपुरमा लागुऔषधसहित एक पुरुष पक्राउ परेको छ । बेलका नगरपालिका–७ का ४० बर्षीय हस्त बहादुर राईलाई प्रहरीले हिजो पक्राउ गरेको हो ।
उनको साथबाट ६ सय ९० ग्राम लागुऔषध गाँजासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । राई माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
