Tuesday, May 12News That Matters

उदयपुर कडाईमा फेरी उत्रियाे प्रशासन

पूर्णपुष्टि, वैशाख ३१ ।

पर्सा लगायत देशका विभिन्न जिल्लामा काेराेना  संक्रमण तिब्ररुपले बढ्न थालेपछि उदयपुर प्रशासन फेरि लकडाउन कडाईमा उत्रेकाे छ । हिजाेदेखि नै गृह प्रशासनकाे निर्देशन बमाेजिम एक जिल्लाबाट अर्काे जिल्लाकाे पासहरु रद्द गरेकाे जिल्ला प्रशासन कडाईमा उत्रेकाे हाे ।

विहानदेखि नै प्रहरी बजारमा कडाईमा उत्रेका छन् । नेपाल प्रहरि, सशस्त्र प्रहरि खटिएर बजारमा खुलेका केहि पसल र मानविय गतिविधि बन्द गराउदै हिडेका छन् ।

बीचमा भुल्के लगायत देशमा संक्रमित नदेखिएकाे पाएपछि सर्वसाधारणले लकडाउन अबज्ञा व्यापक गरेका थिए । सरकारले पछिल्लाे समय परिक्षण बढाए पछि संक्रमित तिब्ररुपले बढेकाे देखिएकाे छ । संक्रमित सबैभन्दा बढि पर्सामा ८२ र दाेस्राेमा उदयपुर ३२ छन् । एकदिन अगाडिसम्म उदयपुर पहिलाे स्थानमा थियाे । हिजाे पर्सामा ह्वात्तै बढेपछि उदयपुर दाेस्राे बनेकाे छ ।