पूर्णपुष्टि, असोज ३१ गते ।
उदयपुरमा अवैध रुपमा लगाईएको गाँजा नष्ट गरिएको छ । जिल्लाको ताप्ली र लिम्चुङबुङ गाउँपालिकामा लगाईएको २ हजार ६ सय गाँजाको बोट नष्ट गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले सञ्चालन गरेको अवैध गाँजा नष्ट गर्ने अभियान अन्तर्गत शुक्रबार अन्दाजि १ः३० बजेको समयमा ताप्ली–३ दगले स्थितमा अवैध रुपमा गाँजा खेति रहेको भन्ने बिशेष सुचना प्राप्त भएको थियो । सोही सूचनाको आधारमा प्रहरी चौकी रामपुरझिल्केबाट प्रहरी सहायक निरिक्षकको कमाण्डमा प्रहरी टोली खटि गई अवैध रुपमा २ हजार ५ सय गाँजाको बोट फडानी गरि नष्ट गरेका थिए ।
यता, शनिबार अन्दाजि २ः०० बजेको समयमा लिम्चुङबुङ–४ बलम्तामा अवैध रुपमा गाँजा खेति रहेको भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय लिम्चुङबुङबाट प्रहरी सहायकको कमाण्डमा प्रहरी टोलि खटि गई १ सय बोट गाँजा फडानी गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

