
पूणर्पुष्टि, जेष्ठ ३
जिल्ला प्रहरी कार्यालय र त्यस माताहतम रहेको सम्बन्धित व्यक्ति तथा कार्यालय बाट प्राप्त ४१ थान सिलिन्डर जिल्ला अस्पताल उदयपुर र उदयपुर कोभिड हस्पिटल चौदण्डीलाई बुझाएको छ ।
प्रहरीले व्यक्तिगत तथा र्फहरुबाट संकलन गरेको १७ खाली र २४ भरिएको सिलिन्डर सम्बन्धित हस्पिटलहरुलाई बुझाएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भिमबहादुर दाहालले जानकारी दिनुभयो ।
पछिल्लो समय संक्रमित थपिदैँ जादा बिरामीको संख्या जटिल बन्दै गएपछि जिल्लामा पनि अक्सिजनको आवश्यक हुन थालेको छ । आईतबार मात्रै कोरोना संक्रमित ५ जनाको ज्यान गयो । समयमै अक्सिजन लगायत आवश्यक सामाग्रीहरु उपयोग नहुदा बिरामीले ज्यान गुमानु परहेको छ ।
प्रहरीले आईतबार हस्पिटलहरुलाई सिलिन्डर बुझाएको हो ।
