
पूर्णपुष्टि, माघ २५
उदयपुर बाट चोरी भएको मोटर साईकल सहित चोरी गरि फरार रहेको एक युवालाई प्रहरीले पक्राउ गरेको छ । बेलका नगरपालिका ६ लेकाली टोल बाट मोटर साईकल चोरी गरि फरार रहेको आरोपमा इलाका प्रहरी कार्यालय रामपुरले सप्तरी कन्चनरुप नगरपालिका ११ बस्ने मोहमद नसरुदिनलाई पक्राउ गरेको हो ।
गत विहिबार राति को. २४ प ९५३२ नम्बरको मोटरसाइकल चोरी गरी मोहमद फरार अवस्थामा रहेको थियो । सप्तरी प्रहरीको समन्वयमा चोरी गर्ने युवालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।
मोटर साइकल चोरी गर्ने युवालाई सप्तरी प्रहरीको समन्वयमा मोटर साइकल सहित नसरुदिनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेलाई जिल्ला अदालत उदयपुरबाट म्याद थप गरी आवश्यक अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ । उनलाई जिल्ला अदालत उदयपुरबाट म्याद थप गरी आवश्यक अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।
