पूर्णपुष्टि, मंसिर २९
उदयपुर सिमेन्ट उद्योगका माहाप्रवन्धक गोपीकृष्ण न्यौपानेको कार्यकाल थपिएको छ । न्यौपाने खुल्ला प्रतिष्पर्धाबाट मिति २०७७÷०९÷२० को मन्त्रीपरिषद्ले गरेको निर्णयबाट उदयपुर सिमेण्ट उद्योगको महाप्रवन्धक पदमा दुई बर्षको कार्यकालको लागि नियुक्त भएका थिए । उनलाई उक्त निर्णयबाट २ बर्षका लागि कार्यकाल तोकेरी जिम्मेवारी दिएका थिए । कार्यकल अबधीभर उत्कृष्ट काम गरेको भन्दै न्यौपानेलाई थप एक बर्षको कार्यकल अबधि बढाईएको उदयपुर सिमेन्ट उद्योगका प्रवक्ता लक्ष्मण पोखरेलले जानकारी दिए । थप एक बर्ष कार्याकाल थपिए सँगै न्यौपानेलाई तिन बर्ष कार्यकालका लागि बाटो खुल्ला भएको पोखरेलले जनाए ।
