
पूर्णपुष्टि, माघ १५
उदयपुर सिमेन्ट उद्योगको उत्पादनमा घट्दो समस्या आएको छ । राम्रो क्षमतामा सञ्चालन भइरहेको उदयपुर सिमेन्ट एकाएक दिनप्रति दिन उत्पादनमा कमी आउन थालेको छ । उद्योगले माघ १ गते बाट माहाप्रबन्धक पनि पाए । माहाप्रबन्धक पाए यता ११ हजार मेट्रिकटन मात्रै क्लिनर उत्पादन उद्योगले गरेको छ । यसरी हो भने उद्योगले फेरी आर्थिक भार बेहोर्ने तर्फ लागेको संकेत देखाएको छ ।
हाल उद्योगमा तत्कालिन नयाँ माहाप्रबन्धक गोपिकृष्ण न्यौउपाने आएको छ । न्यौउपाने आएको करिब ४५ दिनमा पनि उद्योगको उत्पादनमा घट्दो देखिएको छ । नयाँ प्रबन्धक आए सँगै उत्पादनमा बृद्धि हुने जन अपेक्षा थियो । तर बढ्नुको साट्टामा उल्टै घटेको छ ।
यता डिलरहरु पनि पूर्णरुपले घटेको छ । देशभर एक हजार एक सय डिलरहरु मध्ये अहिले घटेर करिव दुई सय डिलर मात्र रहेको छ ।
देशकै गौरवशाली र उदयपुरको पहिचानको रुपमा स्थापित सिमेन्ट उद्योग पछिल्लो समय बिभिन्न समस्या सँग जुधेर संञ्चालनमा आईरहेको छ । उद्योगको थप स्तरउन्नतिका लागि बिभिन्न व्यवस्थापन मिलाउँदै उत्पादन बढाउन उद्योगले नयाँ माहाप्रबन्धक पनि पाए । तर पनि यसको उत्पादनले भने बढ्दो अवस्था पाएन् ।
माहाप्रवन्धक न्यौपाने आएको ४५ दिन अबधिमा उद्योगले ११ हजार मेट्रिकटन मात्रै सिमेन्ट उत्पादन गर्न सफल भयो । यो समय सिमेन्टको उच्च माग हुने समय पनि हो । बिकासको बढि गतिविधि हुने यो मौसममा उद्योगले भने उत्पादन घटाईरहेको छ । क्लिङकर उत्पादन विभागको प्रबन्धक रविचन्द्र पौडेलले माघ महिना भरिमा ७ हजार ५ सय र फागुन महिनाको १४ गतेसम्म ३ हजार ५ सय मेट्रिक टन सिमेन्ट उत्पादन भएको बताए । उनका अनुसार मेसिनरी सामान भएकोले विग्रिने चल्ने भएकोले उत्पादनमा कम भएको जनाएको छ ।
उद्योगले दैनिक ८ सय मेट्रिक टन उत्पादन गर्ने क्षमता भएको र दैनिक ७ सय ५० मेट्रिक टन सिमेन्ट उत्पादन गर्दै आएपनि पछिल्लो समय उत्पादनमा ह्रास आएको छ । नव नियुक्त महाप्रबन्धक न्यौपाने आएपछि झनै उत्पादनमा ह्रास आएको उद्योगका एक कर्मचारीले जानकारी दिए । नव नियुक्त महाप्रबन्धक आएको ४५ दिनमा सरदर दैनिक २ सय ४५ मेट्रिक टनमा झरेको छ ।
उपभोक्ताको माग अनुसार सिमेन्ट उत्पादन नहुँदा उद्योग दिनप्रतिदिन घाटामा गईरहेको छ । उद्योग घाटामा गएपछि अहिले कर्मचारीको तलव, कोइला तथा जिप्सन सप्लायर्सहरुलाई भुप्तानी, विद्युत महसुल भुप्तानी, करमा भुप्तानी लगायतको भुक्तानी दिन बाँकी रहेको छ ।
आर्थिक वर्ष २०७५÷७६ मा २२ लाख ६२ हजार १ सय ४२ बोरा सिमेन्ट विक्री भएको थियो भने आर्थिक वर्ष २०७६÷७७ मा नोभेल कोरोनाका कारणले १६ लाख ४१ हजार ४७ बोरामा सिमित भयो । यस्तै चालु आर्थिक वर्षको सिमेन्ट विक्री गर्ने लक्ष्य २७ लाख ७२ हजार बोरा भएपनि अहिलेसम्म १० लाख २२ हजार ८ सय ९१ बोरा सिमेन्ट मात्रै विक्री भएको विक्री विभाग प्रमुख रामबहादुर जिसीले जानकारी दिए ।
