Tuesday, June 9News That Matters

उदयपुरका कुटपिट मुद्धामा फरार प्रतिवादी पक्राउ

पूर्णपुष्टि, पुष २२

उदयपुरमा कुटपिट मुद्धामा फरार प्रतिवादीहरु पक्राउ परेका छन् । उदयपुरबाट खटिएको बिशेष प्रहरी टोलीले निजहरुकै घरबाट प्रतिवादीहरु पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जिल्ला उदयपुर त्रियुगा नगरपालिका–१३ बस्ने भगवति चौधरीको छोरा वर्ष ३२ को थापा भन्ने मिथुन चौधरी,सोही स्थानमा बस्ने निजकै भाई वर्ष २७ को थापा भन्ने जयराम चौधरी, निजकै भाई वर्ष २५ को गोरे भन्ने हरेराम चौधरी, निजकै भाई वर्ष २३ को काले भन्ने श्यामलाल चौधरी,उक्त स्थानमै बस्ने हृदय चौधरीको छोरा ३१ वर्षको गोबिन्द भन्ने अविनाश चौधरी रहेका छन् ।

अदालतबाट विभिन्न मितिमा फैसला भई कैद तथा जरिवाना असुल उपर गर्ने फरार पक्राउ अभियान अन्तर्गत हिजो १ बजेको समयमा उनिहरुलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेको हो । जिल्ला अदालत उदयपुरले मिति २०७३।०६।०५ गतेको फैसलाले कुटपिट मुद्धामा रू.१ सयका दरले जरिवाना भई फरार रहेका थिए । प्रतिबादीहरुलाई खोजतलास गर्ने क्रममा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा ल्याई फैसला कार्यन्वयनको लागी उदयपुर जिल्ला अदालत पठाईएको छ ।