
पूर्णपुष्टि, भदौ १८
कोरोना संक्रमणबाट मृत्यु भएका उदयपुरको शिक्षकको सम्पर्कमा रहेका सवैको रिपोर्ट नेगेटिभ आएको छ । संक्रमणबाट मृत्यु भएका त्रियुगा नगरपालिका–४ मिलन चोक सार्की टोल निबासी ५२ वर्षिय शिक्षकको सम्पर्कमा रहेका आफन्त, विद्यालयका शिक्षक तथा स्वास्थ्यकर्मी सवैको रिपोर्ट नेगेटिभ आएको हो ।
मृतकका कन्ट्राक्ट टे«सिममा परेका ५६ जनाकै रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । कोरोना संक्रमणबाट मृत्यु भएका शिक्षकको श्रीमति, भाई, भान्जा, छोराहरुको रिपोर्ट यसअघि नै नेगेटिभ आएको थियो ।
मृतक कार्यारत त्रियुगा नगरपालिका–७ जनता माध्यमिक विद्यालय कौवाइको शिक्षक शिक्षिकाको पनि स्वाब संकलन गरी परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको जनाएको छ ।
त्यस्तै ज्वरो आएर ३ दिनसम्म बेड भर्ना भएका राजेश हेल्थ केयर सेन्टर मोतिगडाका संचालक लगायत स्वास्थ्यकर्मी र अन्य आफ्न्तहरुको पनि रिपोर्ट नेगेटिभ आएको कार्यालयले जनाएको छ ।
