
पूर्णपुष्टि, वैशाख २६
नेपाल पत्रकार महासंघ उदयपुरलाई रोटरी क्लव अफ गंगबुले १५ सेट पिपिइ सेटसहित स्वास्थ्य सामग्री आज उपलब्ध गराएको छ । महासंघ शाखा कार्यालयमा क्लवका अध्यक्ष महेश बस्नेतलगायतको टोलीले सामग्री उपलब्ध गराएका हुन् ।
रोटरीले १ हजार थान मास्क, एकसय जोर पञ्जा र ५० थान सेनिटाइजरसमेत उपलब्ध गराएको हो । नेपालकै सबैभन्दा बढि कोरोना संक्रमित भेटिएको उदयपुरको भुल्के क्षेत्रमा जोखिम मोलेर काम गरिरहेका पत्रकारहरुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै पिपिइ सेट तथा स्वास्थ्य सामग्री उपलब्ध गराएको क्लवका अध्यक्ष बस्नेतले बताउनुभयो ।
महासंघ शाखा अध्यक्ष भरत खड्काले क्लव र त्यसका पदाधिकारीहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो । अध्यक्ष ख्ड्काले जोखिम क्षेत्रमा अग्रपंतीमा खटिने पत्रकारहरूलाइ उपलब्ध सामग्री उपलब्ध गराउने बताउनुभयो ।

त्यसैगरी नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय अध्यक्ष धर्मेन्द्र झा, नेपाल प्रेस युनियनका पूर्व केन्द्रिय महासचिव शिव लम्साल, प्रेस युनियनका वर्तमान केन्द्रिय सचिव खिला कार्की लगायतको टोलीले जोखिम क्षेत्र उदयपुरका पत्रकारहरुको अवस्थाको बारेमा स्थलगतरुपमा आज बुझेका छन् ।
समाचार संकलनमा पहिलो सर्त आप्mनो सुरक्षा अपनाउन सुझाव राख्दै टोलीले अत्यावश्यक स्वास्थ्य सुरक्षा सामग्रीहरु उपलब्ध गराएका छन् । मास्क, सेनिटाइजरसहित प्रेस ज्याकेटसमेत उपलब्ध गराएका हुन् । टोलीले लसामग्री प्रेस युनियन उदयपुरका अध्यक्ष पर्शुराम थापालाई हस्तान्तरण गरेको थियो ।
उहाँहरुले पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्का लगायतका विभिन्न पत्रकारहरुसंग पत्रकारहरुको अवस्थाको बारेमा जानकारी लिनुभएको थियो । त्यसक्रममा अत्यन्तै चुनौती मोलेर पत्रकारहरु खटिरहेको जानकारी गराउदै उनीहरुको स्वास्थ्य सुरक्षाका प्याकेज कार्यक्रम सरकारले व्यवस्था गर्नुपर्ने माग राखिएको थियो । कम्तिमा संक्रमित क्षेत्रका पत्रकारहरुको स्वास्थ्य विमा हुनुपर्ने माग राखिएको थियो । उहाँहरुलाई नेपाल प्रेस युनियन, उदयपुरले स्वागत गरेको थियो ।
सम्बन्धीत तस्विरहरू :

