Saturday, June 27News That Matters

उदयपुरको किशोरी भक्तपुरमा बलात्कृत

पूर्णपुष्टि,फागुन २५

उदयपुरको १७ बर्षीया किशोरीलाई भक्तपुर लगी पटक–पटक बलात्कार गरेको आरोपमा एक युवा पक्राउ परेको छ । सिराहाको धनगढी नगरपालिका–४ सन्तनगरका २७ वर्षीय दुर्गानन्द चौधरीलाई बलात्कारको आरोपमा पक्राउ गरेको हो ।

उनले किशोरीलाई यही फागुन ११ देखि १४ गतेसम्म मध्यपुरठिमि नगरपालिका–३ कौशलटारस्थित आफ्नै कोठामा ल्याएर बलात्कार गरेको आरोप लागेको छ ।

उदयपुर गाईघाटकी ती किशोरीलाई विभिन्न प्रभोलनमा पारी विवाह गर्छु भन्दै कोठामा ल्याई जबर्जस्ती करणी गरेको पीडितले फागुन २१ गते जाहेरी दिएको प्रहरीले जनाएको छ ।

प्रहरीले चौधरीलाई कौशलटारस्थित कोठाबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । प्रहरीले भक्तपुर जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान र कारवाही अगाडि बढाएको छ ।