Tuesday, July 7News That Matters

उदयपुरको कोभिड अस्पताल भवन उद्घाटन

प्रकाश राई
पूर्णपुष्टि, पौष ६

उदयपुरको चौदण्डीगढी नगरपालिका ६ सातधारेमा रहेको कोभिड अस्पतालको भवन सोमबार उद्घाटन भएकोे छ । अस्पतालको उद्घाटन प्रदेश नं १ का सामाजिक विकास मन्त्री जिवन घिमिरे र स्वीजरल्याण्डका राजदुत एलीजाबेथ भोन क्यापेलरले संयुक्त रुपमा गर्नुभयो ।

भवन निर्माणका लागि स्वीजरल्याण्ड सरकारको तर्फबाट १ करोड ५० लाख, उदयपुरका ४ नगरपालिकाबाट १५ लाखको दरले ६० लाख र ४ गाउँपालिकाबाट १० लाखको दरले ४० लाख सहयोग जुटेको मेयर राईले बताउनुभयो ।

भवनमा १० ओटा कोठा बिरामी उपचारका लागि रहेका छन् । भने १ ओटा फिबर क्लिनिक, १ ओटा रिसिप्सन, १ ओटा डाक्टर कोठा र १ ओटा नर्स कोठा रहेको छ । भवन र बिभिन्न प्रयोजनका कोठहरु अत्याधुनिक हिसावले निर्माण गरिएको इन्जीनियर सागर खड्काले बताउनुभयो । उद्घाटन समारोहमा मन्त्री जिवन घिमिरेले यो अस्पताल इतिहासिक सफलताको रुपमा निर्माण भएको बताउनु भएको छ । घिमिरेले अस्पताल निर्माण सम्पन्नका लागि दउयपुरे जनताले गरेको लगनशिलता प्रति आफु सन्तुष्ट रहेको समेत बताउनभुयो । उहाँले अस्पतालका लागि आर्थिक तथा प्राविधिक सहयोग गर्ने स्वीस सरकारलाई बिषेश धन्यवाद दिदैँ सहयोगका लागि निरन्तर सम्बन्ध अगाडी बढाउन समेत आग्रह गर्नुभयो ।

त्यसैगरी राजदु एलिजाबेथ भोन क्यापेलरले उदयपुरे जनताको सहयोगका लागि स्वीजरल्याण्ड सदैब तत्पर रहने बताउनुभयो । यस माहामारीमा निर्माण भएको कोभिड अस्पताल निर्माणप्रति आफ्नो सन्तुष्ट रहेको बताउनुभयो ।

प्रदेश सांसद अम्विका थापाले सबैको पहल प्रयास बाट कोभिड अस्पताल उदयपुरमा निर्माण हुन सम्भव भएको भन्दै खुसी व्यक्त गर्नुभयो ।

यसैगरी उदयपुर विकास वोर्डका अध्यक्ष तथा त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले उदयपुरमा कोभिड अस्पताल बन्नुमा स्वीस सरकारले ठुलो भुमिका खेलेको बताउनभुयो । अस्पतालाई प्रदेश स्थर सम्म पुराउन प्रदेश सरकार सँग थप सहयोगको आग्रह समेत गर्नुभएको छ ।

कोभिड अस्पताल संञ्चालक समितिका संयोजक तथा चौदण्डीढी नगरपालिकाका मेयर खगेन्द्र राईले हाल सम्म सो हस्पिटलबाट १४५ जनाले कोभिड उपचार गराई निको भई घर फर्किसकेको बताउनुभयो । मेयर राईले जिल्लाको मात्र नभई जिल्ला बाहिरको विरामीलाई समेत सेवा पुराएको बताउनभुयो ।

कार्यक्रम संञ्चालक समेत रहेका बेलका नगरपालिकाका मेयर दुर्गा कुमार थापाले कोभिड अस्पताल निर्माण हुनु जिल्लाकै निम्ति महत्वपूर्ण बिषय रहेको बताउनुभयो । अबका दिनमा उदयपुरमै भेन्टीलेटर सहितको कोभिड उपचार हुने बताउनुभयो । कोभिडका  बिरामीले भेन्टीलेटर, अक्सीजनको अभावमा ज्यान गुमाउनु नपर्ने बताउनुभयो ।

कार्यक्रममा प्रदेश सांसद कला घले, सुनीता चौधरी, रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्र बहादुर खड्का, ताप्ली गाउँपालिकाका अध्यक्ष उद्धब सिंह थापा सबैजसो पालिकाका उपप्रमुख तथा उपाध्यक्षहरु, जिल्ला स्वास्थ्य प्रमुख मोहन सुवेदीको समेत उपस्थिति रहेको थियो ।

फोटो फिचर