Wednesday, August 5News That Matters

उदयपुरको क्षेत्र न. १ मा प्रतिनिधि र प्रदेश तर्फ गठबन्धनको अग्रता २ मा प्रतिनिधि तर्फ एमाले 

पूर्णपुष्टि, मंसिर ४
उदयपुरमा रहेको २ ओटा क्षेत्र मध्ये १ मा गठबन्धन अगाडी छ भने २ मा एमाले अगाडी रहेको छ । १ नं क्षेत्रमा प्रतिनिधि सभा र प्रदेशसभा दुवै अगाडी रहेको छ भने २ नं क्षेत्रमा भने प्रतिनिधि सभाको मात्रै मतगणना चलिरहेको छ । यस क्षेत्रमा प्रतिनिधिसभा तर्फ एमालेका अम्बर बहादुर रायमाझीले अग्रता लिएको छ । रायमाझीको ८७१५ मत आउँदा गठबन्धनका उम्मेदवार नेकपा एसका जगन्नाथ अतिवडाको ७५२१ मत आएको छ । यता स्वतन्त्र उम्मेदवार ५५६४ मत आएको छ । यता १ नं क्षेत्रमा प्रतिनिधिसभा तर्फ ५९४३ मत गन्दा गठबन्धनका उम्मेदवार कांग्रेसका डा. नारायण खड्कालाई २५३४ मत प्राप्त भएको छ भने एमाले नेतृ मन्जु कुमारी चौधरीलाई २२९० मत प्राप्त भएको छ ।

खड्कालाई २४४ मतले अग्रता दिलाएको छ । सुरुवाती देखीने खड्काले अग्रता कायम राखेको छ । यसैगरी १ नं क्षेत्रको प्रदेशसभामा पनि गठबन्धन अघि रहेको छ । १ को (ख) मा गठबन्धनका उम्मेदवार कांग्रेसका हिमाल कार्कीले एमालेका इश्वरमणी राउतलाई सुरुवाती देखिनै पछि पार्दै आईरहेको छ । ६५७० मत गन्दा कार्कीलाई २९२२ मत प्राप्त भएको छ भने राउतलाई २३४९ मत प्राप्त भएको छ । यसैगरी प्रदेश (क) तर्फ पनि गठबन्धन अघि लागेको छ । ५८७० मत गन्दा गठबन्धनको राजन किराँतीले २२५२ मत पाएका छन् भने एमालेका कुसलबावु वस्नेतले २२०३ मत पाएका छन् । यी दुवै उम्मेदवारहरु तिव्र प्रतिस्पर्धामा रहेको छ । २ नं क्षेत्रको प्रदेश तर्फ भने मतगणना भएको छैन् ।